२१ कार्तिक २०८३, शनिबार

प्रशासनमा आउने सेवाग्राहीलाई शुद्ध खानेपानी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, २३ जेठ । जिल्ला प्रशासन कार्यालय सल्यानमा शुद्ध खानेपानी फिल्टर जडान भएपछि सेवाग्राही लाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी, राहदानी सिफारिस, अन्य सिफरिस, मुद्दा ठाडो उजुरी लगायत विभिन्न कामका लागि आउने सेवाग्राहीले प्रशासन कार्यालयभित्र शुद्ध पिउने पानी पिउन पाउँदा खुशी भएका छन् ।

शारदा नगरपालिका–१३, स्यानीखालका सुमन योगी पत्नीको नागरिकता बनाउनका लागी जिल्ला प्रशासन कार्यालय सल्यान आएको बेला प्रशासन परिसरमै शुद्ध पानी पिउन पाएकोमा खुशी भए । उनले भने, ‘हामी जस्तो सेवग्राहीका लागि प्रशासन कार्यालयले खानेपानीको व्यवस्था मिलाई दिएकोमा धन्यवाद दिन चाहान्छु ।’

पतिसँगै नागरिता बनाउनका लागि जिल्ला प्रशासन आएकी सुमित्रा योगीले खानेपानीको व्यवस्था भएको पाउँदा खुशी व्यक्त गरिन् । ‘म पहिलो पटक जिल्ला प्रशासन कार्यालय सल्यानमा आएकी छु’ उनले भनिन्, ‘पानी प्यास लागे पछि, शुद्ध खानेपानी लेखेको फिल्टर देखे अनि त्यहाँ गएर पानी पिउन पाइयो । जिल्ला प्रशासन कार्यालयले गरेको यस्तो उदाहरणीय काम अन्य कार्यालयले पनि गरेमा सेवा लिने सेवाग्राही लाई धेरै सजिलो हुने थियो ।’

जिल्ला प्रशासन कार्यलय सल्यानमा आउने सेवाग्राहीहरुका लागि शुद्ध खानेपानीको व्यवस्था गरि दिएकोमा वनगाड कुपिण्डे नपाका ६० वर्षीय डम्मर बहादुर डाँगी पनि हर्षित भएका छन् । ‘यस अघि जिल्ला प्रशासनमा आउँदा पिउने पानी खोज्न होटलतिर जानु पर्ने बाध्यता थियो’ उनले भने, अहिले त धारा नै जडान गरेछन् । तिर्खा लाग्दा तत्कालै प्यास मेटिने भयो ।’

जिल्ला प्रशासन कार्यालयमा छोराको नागरिता बनाउन आएको उनले बताए । उनले भने, ‘म पहिले पनि जिल्ला प्रशासन कार्यालय सल्यानमा आएको थिए त्यो बेला पानी किनेर खाने गरेको थिए, तर आज छोराको नागरिकता बनाउन आउदा शुद्ध खानेपानी फिल्टर जडान गरेको रहेछ त्यही गएर पानी खाए । जिल्ला प्रशासन परिसर भित्रै पिउने पानीको व्यवस्था भएपछि यहाँ आउने सेवाग्रही खुशी भएका छन् ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानको आर्थिक सहयोग र जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वयमा शुद्ध खानेपानी फिल्टर जडान गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । गत सातामात्र शुद्ध खानेपानी फिल्टर जडान गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ ।

सेवाग्राही लाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले शुद्ध खानेपानी फिल्टर जडान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले बताए । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सल्यानको एक लाख ७५ हजार लागतमा शुद्ध खानेपानी फिल्टर जडान गरिएको टंडनले जानकारी दिए ।

यस फिल्टरको क्षमता प्रति मिनेट २ लिटर पानी शुद्धिकरण गर्ने रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सल्यानका प्रमुख गुणनिधि पोख्रेलले जनाए । यसवाट छानिएको पानि ५० लिटर क्षमताको धारा जडित टंकीमा जम्मा हुने डिभिजन प्रमुख पोख्रेलले वताए । उनका अनुसार यस फिल्टरमा यूभि सिस्टमट वाट पानी शुद्धिकरण हुने गर्दछ ।