२१ कार्तिक २०८३, शनिबार

चट्याङमा परेर दुईको मृत्यु, चार घाइते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २३ जेठ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ मा गएराति परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो । सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस