
काठमाडौँ, २३ जेठ । जनता बैंकल लिमिटेडले भिसा ईन्टरनेशनलसँग आवद्घ भई देशभरीका आफ्ना शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघसंस्था, अस्पताल आदिबाट पीओएस सेवा सञ्चालनमा ल्याएको छ ।
सेवा सञ्चालनपश्चात स्वदेश तथा विदेशका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिट कार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्न सक्नेछन् । नेपाल सरकारको नगद रहित कारोवार अवधारणालाई मध्यनजर बैंकले यो सेवा शुरु गरेको हो ।
जनता बैंक नेपाल लिमिटेडका ट्रान्जाक्सन बैंकिङ विभाग प्रमुख निरज शर्मा र आईमार्क प्रा.लि.का प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले पीओएस सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया