
काठमाडौँ, २३ जेठ । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको छ । अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ ।
लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेपछि अहिलेका लागि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्नुभन्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएको छ ।
सेयर बजारका लगानीकर्ताहरुले सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै वुधबार धितोपत्र बोर्ड घेराउ गरेका थिए । सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकरहरुको गएर कारोबार नै ठप्प पारेका थिए ।
बुधबार बिहानै भने उनीहरु सरकारको निर्णयको बिरोधमा धितोपत्र बोर्ड घेराउ गर्न पुगेका थिए ।















प्रतिक्रिया