१ कार्तिक २०८३, आइतबार

सवारी साधनको ठक्करबाट महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २१ पुस । पुर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामालास्थित सडकमा गएराति नम्बर खुल्न नसकेको सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

सवारीसाधनको ठक्करबाट नामथर ठेगाना खुल्न नसकेकी अन्दाजी ४५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।
राति ९ बजेतिर सवारीसाधनको ठक्करबाट कालो ज्याकेट र रातोमा हरियो बुटा भएको लुगा लगाएकी उक्त महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक जगदेव माझीले जानकारी दिनुभयो । रासस