काठमाडौँ, २३ जेठ । अब केही दिनमा नै विश्वकम फुटबल रसियामा सुरु हुँदैछ । अनि फुटबलका करोडौँ क्रेजी फ्यानहरुलाई टेलिभिजन स्क्रिन अगाडी देखिनेछ । फुटबल त्यस्सै संसारको सबैभन्दा प्रख्यात खेल बनेको होइन । विश्वकप फुटबलको थ्रिल छाइरहँदा दैनिक नेपालले फुटबलसँग सम्बन्धीत २० रोचक तथ्यहरु संकलन गरेको छ ।
१. फुटबल करिव ४७४ बिसीतिर चिनबाट शुरु भएको थियो ।
२. फुटबल संसारकै सबैभन्दा बढि खेलिने र हेरिने खेल हो ।
३. फुटबलका १ अर्ब भन्दा बढि फ्यानहरुले टेलिभिजनमा विश्वकप हेर्छन् ।
४. सबैभन्दा ठूलो फुुटबल टुर्नामेन्टमा करिव ५ हजार ९८ टिम सहभागी थिए । १९९९ मा भएको बैंकक लिगमा उनीहरुले भाग लिएका थिए । सो प्रतियोगितामा ३५ हजार भन्दा बढि खेलाडी सहभागी थिए ।
५. एउटै खेलमा एउटै खेलाडीले १६ गोलसम्म गरेका छन् । यो नै अन्तर्राष्ट्रिय फुटबलको एउटा खेलमा एक खेलाडीले गरेको अहिलेसम्मकै सबैभन्दा बढि गोल हो । फ्रान्सका स्टेफेन स्टानिसले १९४२ मा रेसिङ क्लब डि लेन्सका लागि सो गोल गरेका थिए ।
६. भिडियो प्रमाणको आधारमा सबैभन्दा छिटो गरिएको गोल भनेको २.८ सेकेण्डमा गरिएको छ । जुन उरुग्वेका रिकार्डो ओलिभेराले १९९८ को डेसेम्बरमा भएको एक खेलमा गरेका थिए ।
७. गोलकिपरले १९१३ भन्दा अगाडी टिमका अन्य खेलाडीले भन्दा फरक जर्सी लगाउन पर्ने नियम थिएन ।
८. फुटबल खेलाडी एउटा खेलमा करिब ९.६५ किलोमिटर दोडिन्छन् ।
९. बास्केटबलको पहिलो खेल फुटबलमा प्रयोग हुने बलबाट खेलिएको थियो ।
१०. संसारको सबैभन्दा पहिलो फुटबल क्लब इङ्लिस सेफिल्ड फुटबल क्लव हो । यो क्लव १८५७ मा दुई बेलायती आर्मी अफिसरहरु कोलोनेल नाथानियल क्रेसविक र मेजर विलियम प्रिस्टले स्थापना गरेका थिए ।
११. युरोपियन टिमहरु १९३० र १९५० को विश्वकप बाहेक अरु सबै विश्ककपको फाइनलमा पुगेका छन् ।
१२. आर्थर वार्टोन संसारकै ज्ञात पहिलाको काला जातिका फुटबल खेलाडी हुन् ।
१३. फुटबललाई ‘एक सुन्दर खेल’ भन्ने पहिलो खेलाडी पेले हुन् ।
१४. अमेरिका र क्यानडामा मात्रै फुटबललाई ‘सक्कर’ भनिन्छ ।
१५. १९६४ मा पेरुमा भएको एक फुटबल खेलमा रेफिरिको निर्णयका कारण झडप हुँदा ३०० जनाको मृत्यु भएको थियो ।
१६. १९९८ मा चट्याङका लागेर एउटा पुरै फुटबल टिमको सदस्यको मृत्यु भएको थियो । कङ्गोमा भिलेजेस अफ बेना शाडी र बसङगानाबीच खेल भइरहँदा यो दुर्घटना भएको थियो ।
१७. निल आमस्ट्रोङले फुटबललाई चन्द्रमामा लैजान चाहन्थे तर अमेरिकाले गैर–अमेरिकी बस्तु भन्दै लान दिएन ।
१८. फुटबल खेलमा प्रयोग हुने बल १२० वर्ष देखि एउटै आधार र नापको छ ।
१९. ८० प्रतिशत भन्दा बढि फुटबल पाकिस्तानमा बन्छ ।
२०. एउटै खेलमा २० वटासम्म रातो कार्ड देखाइएको रेकर्ड छ । पाराग्वेमा स्पोर्टिभो अमेलियानो र जेनेरल काबेलेरोको बीचमा भएको खेलमा सो घटना भएको थियो । –एजेन्सी















प्रतिक्रिया