३ कार्तिक २०८३, मंगलबार

अर्जेन्टिनाको निर्णयले इजरायलको चित्त दुख्यो

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २३ जेठ । विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द गरेको छ ।

विश्वकपको अभ्यास अन्तर्गत इजरायलसँग अर्जेन्टिनाको मैत्रीपूर्ण खेल आउँदो शनिबारका लागि तय भएको थियो । तर, गाजामा जारी हिंसाका कारण खेल रद्द गरिएको बताइएको छ ।

गाजामा रहेका प्यालेस्टाइनीमाथि गरिरहेको व्यवहारका कारण इजारायमाथि राजनीतिक दबाब छ । त्यस क्षेत्रमा हिंसा भड्किरहेको छ । अर्जेन्टिनाका स्ट्राइकर गान्जालो हेगुइनले इएसपिएस च्यानलसँग मंगलबार खेल रद्द भएको बताएका छन् ।

उनले अन्तर्वार्ताको क्रममा खेल रद्द हुनु राम्रो रहेको बताएका छन् । अर्जेन्टिनाका सञ्चारमाध्यमले पनि खेल रद्द भएको बताएका छन् । तर अहिलेसम्म इजरायली फुटबल एसोसिएसनले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति माउसिसिओ माकरीलाई खेल रद्द नगर्न आग्रह गर्दै टेलिफोन गरेको पनि खबर छ ।

अर्जेन्टिना र इजरायलबिच शनिबार जेरुसेलममा अभ्यास खेल हुने तय थियो । गाजामा भड्किएको पछिल्लो हिंसामा इजरायली सेनाले कम्तिमा १२० जना प्यालेस्टाइनीको हत्या गरेका छन् । एजेन्सी