४ कार्तिक २०८३, बुधबार

अमेरिकामै तयार भयो गीतकार भुपेन्द्रको म्युजिक भिडियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

वाशिंगटन डिसी । लेखन विधामा निरन्तर कलम चलाई रहेका युवा गीतकार भुपेन्द्र न्यौपानेको ‘अरुसंग को’ बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा छायांकन सुरु भएको १० दिनभित्र उक्त गीतको भिडियो समापन गरि सार्बजनिक गरिएको हो । संगीतकार सन्तोष श्रेष्ठ, गायक विश्व नेपाली रहेका छन् । गीतकार भुपेन्द्र न्यौपाने हुन् ।

भिडियोमा अभिनय गर्ने कलाकारहरूमा निरज बराल, सुमी सिलवाल, नवीन अधिकारी रहेका छन् । भिडियोको छायांकन टेक्सस राज्यको ड्यालस शहरमा गरिएको छ ।

न्यौपाने अमेरिकामा बसेता पनि आफ्नो विधालाई निरन्तरता दिदै अमेरिकामा विभिन्न संघ संस्थामा आबद्ध रहेका छन् ।

अमेरिकाका समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।

यस गीतसंगै छिट्टै चलचित्र र गीति संग्रहमा पनि आउने भएका छन् । ८८४८ संचार गृहले निर्माण गरेको हो भने पाईनापल क्रिएसनले पोस्ट निर्माण गरेको छ ।