१ कार्तिक २०८३, आइतबार

इलाममा छपन्न कुकुरको बन्ध्याकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २१ पुस । जिल्ला पशुसेवा कार्यालय इलामअन्तर्गत दानावारी पशुसेवा (क) केन्द्रमा सञ्चालन भएको दुईदिने निःशुल्क शिविरमा सडक तथा सामुदायिक घरबाट छाडा छोडिएका ५६ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

पशुसेवा कार्यालय इलाम र हिमालयन एनिमल रेस्क्यु ट्रस्ट हार्ट पोखराको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा ट्रस्टका १२ टोली संलग्न थियो ।  सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेर निःशुल्क रुपमा रेबिजविरुद्ध खोपसमेत दिइएको हिमालयन एनिमल रेस्क्यु ट्रस्ट हार्टका कार्यक्रम निर्देशक खगेश्वर भट्टराईले बताउनुभयो ।

खासगरी रेबिज रोग फैलन नदिने मुख्य उद्देश्यका साथ तीन वर्षदेखि हार्ट र पशुसेवा कार्यालयको सहकार्यमा सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्न सुरु गरिएको बताइएको छ । जनावारमध्ये कुकुर बढी घुम्ने भएकाले बाहिरबाट रोग ल्याउने पनि कुकुर नै भएकाले कुकुरलाई विभिन्न विष दिएर मार्ने पराम्परालाई तोड्दै बन्ध्याकरणबाट रोग न्यूनीकरण गर्ने हार्टका निर्देशक भट्टराईले बताउनुभयो । यो शिविरबाट कुकुरको सङ्ख्या घटाउने र रेबिज रोगलाई निर्मूल गर्ने पनि रहेको पशुसेवा कार्यालयले जनाएको छ ।

यसअघि इलाम सदरमुकामस्थित जिल्ला पशुसेवा कार्यालयमा भएको शिविरमा ५३ कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको थियो । हार्टको वार्षिक कार्यक्रमअनुसार सम्बन्धित कार्यालयको सहकार्यमा विभिन्न जिल्लामा सामुदायिक कुकुरको शिविर सञ्चालन गर्दै आएको छ । पोखरा र चितवनमा भने हार्टले बर्सेनि सामुदायिक कुकुरको शिविर सञ्चालन गर्दै आएको जनाएको छ । रासस