काठमाडौँ, २२ जेठ । एनआईसी एशिया बैंक लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा “एक कर्मचारी, एक फलफुल विरुवा” भन्ने नाराका सामाजिक उत्तरदायित्व अन्तर्गत धापासीस्थित बैंकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गण भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न प्रजातिहरुका फलफूल र अन्य प्रजातिका बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याउने बैंकले विश्वास लिएको छ ।
एनआईसी एशिया बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरुको मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्म करिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखा कार्यालयहरु, २०६ एटिएम, १० वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।















प्रतिक्रिया