५ कार्तिक २०८३, बिहिबार

धरपकडका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ जेठ । निर्माण व्यवसायीहरुलाई निरुत्साहित गर्ने गरी हालैका दिनमा भइरहेका धरपकडका घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्माण परियोजनाहरु तोकिएको समयमा नै सम्पन्न नुहुनमा निर्माण व्यवसायीको मात्र दोष नभएतापनि एकोहोरो ढंगले व्यवसायीलाई मात्र आक्षेप लगाई कारवाही समेत हुन थालेको भन्दै महासंघले कडा आपत्ति जनाएको हो । मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले गलत काम गर्ने व्यवसायीलाई विधि र प्रक्रियासम्मत कारवाही गर्न सकिने स्पष्ट आधार हुँदा हुँदै ठूल अपराधी जस्तो गरी कार्यस्थलबाटै पक्राउ गरिएका घटनाप्रति आपत्ति जनाएको हो ।

कुनै पनि निर्माण कार्य भइरहँदा ठेक्का सम्झौता अनुसार उक्त कार्यको अनुगमन तथा निरीक्षण गर्ने संयन्त्रले प्रभावकारी ढंगले काम गर्ने हो भने दोषी कदापि उम्कन पाउँदैन भन्दै विज्ञप्तिमा निदोर्षीलाई कुनै पनि समस्यामा नपार्न तथा दोषी जो कोहीलाई कानुन सम्मत ढंगले न्यायको कठघरामा उभ्याउन अपील गरिएको छ ।

यसैक्रममा टुन्डी–रमण निर्माण कम्पनीले संयुक्त रुपमा सुचारु ढंगले रानी–विराटनगर–इटहरी–धरान सडक खण्ड निर्माण गरिरहेकै अवस्थामा स्थानीयको गुनासोको आधारमा प्रोजेक्ट म्यानेजर लगायतलाई हिरासतमा लिई कारवाही गरिएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विराटनगर महानगरपालिका प्रमुखकै नेतृत्वमा गुणस्तरहीन कार्य गरेको भनि गत शनिबार प्रोजेक्ट म्यानेजर रविराज पन्त, विनय शाह, सुपरभाइजर देवराज बराल सहित ज्यालादरी कर्मचारीलाई ठेक्का सम्झौतामा उल्लेखित शर्त तथा नियम भन्दा विपरित स्थानीय प्रशासनको सहयोगमा हिरासतमा लिई कारवाही गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।