२१ कार्तिक २०८३, शनिबार

सशस्त्र प्रहरी बलका इकाईहरुमा वृक्षारोपण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा वृक्षारोपण गरिएको छ । सोही अवसरमा देशका विभिन्न भागहरुमा रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा समेत वृक्षारोपण गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिषरमा गरिएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालसहित उच्च अधिकृतहरु तथा अन्य अधिकृत, विल्लादार जवानहरु समेतले वृक्षारोपण गरेका थिए ।

यसैगरी अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षहरु किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंह बहादुर श्रेष्ठ लगायत भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुले समेत सो अवसरमा वृक्षारोपण गरेका छन् ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरुको समेत वृक्षारोपण कार्यक्रममा सहभागिता रहेको थियो ।

सो अवसरमा रुद्राक्ष, सामी, जापानीज हलुवावेद, नास्पाती, आँप, आरु, अनार, अमला, अम्वा, सुन्तला लगायत विभिन्न खालका बोटविरुवा रोपिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भूमा समेत विभिन्न खालका बोटविरुवाहरु रोपिएको छ । विश्व वातावरण दिवसकै अवसर पारेर सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा समेत विभिन्न खालका बोटविरुवाहरु रोपिएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा रोपिएका बोटविरुवाहरुमा मलजल तथा रेखदेख, संरक्षणको आवश्यक व्यवस्था समेत मिलाइएको छ ।