२१ कार्तिक २०८३, शनिबार

खलंगा–शितलपाटी सडक सुधार कार्य तीब्र

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, २२ जेठ । शारदा नगरपालिकाले खलंगा शितलपाटी सडक सुधार कार्यलाई तीव्रता दिएको छ । सल्यान सदरमुकाम खलंगादेखी व्यापारिक केन्द्र श्रीनगर सडकखण्डमा पर्ने साना मोडहरुलाई फराकिलो बनाउने काम भइ रहेको नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए ।

यस क्षेत्रमा मोडहरु धेरै रहेको जसका कारण दुर्घटनाको जोखिम रहेकोले सडकमा रहेका मोड काट्ने क्रमलाई तीव्रता दिएको उनले बताए । साँघुरो सडक, सडकमा भएका विभिन्न मोडहरुका कारण दुर्घटना हुन सक्छ त्यसैले सडकका मोड सुधारको काम गरेको नगर प्रमुख अधिकारीले जनाए । यसो गर्नाले दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने उनको विश्वास छ ।

सडकमा रहेका मोडहरु सुधार गरेसंगै सडक फराकिलो भएको छ । नगरपालिकाको यस्तो कामको स्थानीयले खुलेरै प्रसंशा समेत गर्न थालेका छन् । नगरपालिकाको आप्mनै डोजरले कम लागतमा पहिलो चरणको काम सम्पन्न हुन थालेको नगर प्रमुख अधिकारीको भनाई छ ।

‘सबैतिरबाट मोडहरुले गर्दा दुर्घटना हुन सक्ने गुनासो आउन थालेपछि दुर्घटना कम गर्न सडक सुधारको काम गर्नु पर्ने भयो’ ‘उनले भने, डोजर हाम्रै थियो त्यसैले हामीले कुनै ठेकेदार पनि खोज्न परेन, एकदमै कम लागतमा काम सम्पन्न गर्न थालेका छौँ ।’ अब सल्यान खलंगा–श्रीनगर सडक खण्डमा एक दुई वटा मोड मात्रै बाँकी रहेको उनको भनाई छ ।

यस्तै यहाँको काम सम्पन्न भए लगतै राप्ती राजमार्गमा पर्ने रामेखोलादेखि छत्रेश्वरी गाँउपालिकाको सिमानासँग जोडिएको सडक खण्डमा रहेका मोडहरु पनि कटान गर्ने नगरपालिकाले जनाएको छ ।

यसैबीच शारदा नगर पालिका अन्तरगत श्रीनगर खलंगा सडक खण्डमा मोड कटान संगै खाल्डाखुल्डी पुर्ने कामको पनि सुरुवात भएको छ । सडकखण्डमा रहेका खाल्डाखुल्डी पुर्ने र मर्मत सम्भार कार्य सडक डिभिजन कार्यालय दाङले गरिरहेको छ ।

सडकको कालोपत्रे उप्किएर गाडी चलाउन नमिल्ने भएकोले नगर प्रमुख अधिकारीले पटक पटक सडक डिभिजन कार्यालय लाई सडक मर्मत गर्न आग्रह गरेको बताए ।

सडकको मर्मत सम्भार कार्य प्रभावकारी बनाउन शारदा नगरपालिकाले नियमित अनुगमन समेत थालेको छ । नगर प्रमुख अधिकारी नेतृत्वको टोलीले सोमबार बाटोकोे अनुगमन गरेको हो । कामलाई गुणस्तरीय बनाउन अनुगमन गर्दै आएको नगरपालिकाले जनाएको छ ।