४ कार्तिक २०८३, बुधबार

वीराङ्गनाको फस्ट लुक सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । आउँदो असार २९ मा देशभर रिलिज हुने फिल्म वीराङ्गनाको फस्ट लुक (पोष्टर) सार्वजनिक गरिएको छ ।

वीराङ्गनाको पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्सन लुक्समा पनि प्रस्तुत गरिएको छ ।  प्रदर्शन मिति नजिकिएसँगै फिल्मले गीत, पोष्टर लगायतका प्रचार सामाग्रीहरु सार्वजनिक गरिरहेका छन् ।

एक्सन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् ।

फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा, अनुप र पृथ्वीराजको अलवा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्ममा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । फिल्म वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडी कम्पनीले लिएका छन् ।

निर्देशक राज बहादुर सानेले सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा शसस्त्र प्रहरीले पुर्‍याएको योगदान र महिला शसस्त्र प्रहरीको विरताको बारेमा फिल्मले बोलेको बताए । एक्सनसँगै लभस्टोरी र संगीतको पनि मिश्रण फिल्ममा रहेको छ ।