
काठमाडौँ, २२ जेठ । राष्ट्रिय वाणिज्य बैंकबाट एक करोड ऋण दिलाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले ४ लाख ५८ हजार रुपैयाँ ठगेको अभियोगमा धादिङ छत्रे देउराली–३ सिरानचौर घर भई काठमाण्डौ चन्द्रागिरी नगरपालिका–७ थानकोट बस्ने राजेन्द्र प्रसाद लुइटेललाई पक्राउ गरेको हो ।
लुइटेलले आफू राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सिंहदरबारको ऋण अधिकृत बताउँदै मोरङका कृष्णप्रसाद भट्टराईबाट उक्त रकम लिएका थिए । फरार रहेका उनलाई प्रहरीले सोमबार काठमाडौँको कलंकीबाट पक्राउ गरेको हो । लुइटेललाई फैसला कार्यन्वयनको लागि मंगलबार काठमाण्डौ जिल्ला अदालत पठाईएको छ ।
पीडितको उजुरीपछि काठमाण्डौ जिल्ला अदालतले २०७३ जेठ १० गते एक वर्ष कैद र रु ४ लाख ५८ हजार जरिवाना हुने फैसला गरेको थियो । उक्त कैद तथा जरिवाना मध्ये ९ महिना कैद र ४ लाख ५८ हजार रुपैयाँ बेरुजु रही फरार रहेकोमा अदालतबाट उनको नाममा पक्राउ पुर्जी समेत जारी भएको थियो ।












प्रतिक्रिया