२१ कार्तिक २०८३, शनिबार

चार बालकको उद्धार गरी परिवारको जिम्मा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २२ जेठ । यहाँको नलगाड नगरपालिका–१ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

भेरी नगरपालिका–४ मा प्रहरी देख्नासाथ लुक्न खोज्ने नलगाड–१ का कालीबहादुर विक, रामबहादुर विक, श्याम विक र ललित विकलाई नलगाड–१ मै लगेर परिवारको जिम्मा लगाइएको जाजरकोट प्रहरी प्रमुख रवीन्द्रकुमार सिंहले जानकारी दिनुभयो । उनीहरुलाई भारत लैजानका लागि ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट रु १५ हजार ८४० र तीन थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ ।

सो सबै सामग्री अभिभावकको जिम्मा लगाइएको छ । चारै जना आफन्तसँग खबरै नगरी घरबाट भागेका थिए । यहाँका अधिकांश बालबालिकालाई यसरी नै फकाएर भारत लगी श्रमशोषण गर्ने प्रचलन बढेपछि प्रहरीले कडाइ गरेको छ । –रासस