२१ कार्तिक २०८३, शनिबार

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २२ जेठ । मोरङको रंगेली नगरपालिका–८ मा सोमबार साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

को २ त ५०६७ नम्बरको ट्र्याक्टरले को २ प १३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार कटहरी गाउँपालिका बस्ने ४० वर्षीया लतिया पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

स्थानीय चिसाङ खोलाबाट बालुवा लिएर आउँदै गरेको ट्र्याक्टरले रंगेली–दोहमना सडकखण्डमा उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलका चालक सोही ठाउँका ५० वर्षीय पुरुषोत्तम रिजाल सामान्य घाइते भएका छन् । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय, रंगेलीले नियन्त्रणमा लिएको छ । –रासस