
काठमाडौँ, २१ जेठ । ग्रामिण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लामा थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ ।
रोल्पाको थवाङ गाउँपालिका–२, स्थित थवाङ शाखाबाट कारोवार सुरु गरिएको हो । रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो भने रोल्पामै अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेका छन् ।
थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।
रोल्पा जिल्लाको यस विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकोले स्थानीय जनताहरुको जीवनस्तरमा केही भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ ।
यससँगै जनता बैंकको देश भरीमा शाखा सञ्जाल १ सय १७ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया