
काठमाडौँ, २० जेठ । जापान पठाउने भन्दै गठी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा भीमसेन गाउँपालिका ६ का केदारनाथ ढकाललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।
ढकालले गोखार पालुङटार नगरपालिका २ का कृष्णप्रसाद पोखरेललाई जापान पठाउने भन्दै ४ लाख ५० हजार ठगी गरेका थिए ।
बीचमा विभिन्न बहाना बनाउँदै बसेका ढकाललाई पोखरेलले केही समय पहिले भेटेर रकम माग्दा सिटिजन्स बैंकको काठमाडौँ सामाखुसी शाखाबाट भुक्तानी लिनु भनि चेक दिएका थिए । तर, उनको खातामा रकम नहुँदा पीडितले भुक्तानी पाउन सकेनन् ।
त्यसपछि पीडित पोखरेलले बैंकिङ कसूर मुद्दामा जाहेरी दरखास्त दिएका थिए । जाहेरीका आधारमा प्रहरीले ढकाललाई आइतबार काठमाण्डौ टेकुबाट पक्राउ गरेको हो ।












प्रतिक्रिया