२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओलीद्वारा साइकल दिवसको शुभकामना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० जे । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम साइकल दिवसको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले साइकल दिवसको अवसरमा आज बसन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउँदै मानव जीवन साइकल चढे जस्तै भएको बताएका छन् । गतिशिल मानव जीवनको प्रतिकको रुपमा चिनिएको साइकलको प्रयोगमा सबैलाई प्रोत्साहित गर्नुपर्ने ओलीको भनाई छ ।

साइकलको ऐतिहासिकताबारे प्रष्ट्याउदै प्रधानमन्त्री ओलीले शुभकामना मन्तव्यमा भनेका छन्, ‘आरोग्य, खेलकूद र व्यायामका लागि संसारका सबैजसो भू–भागमा साइकल प्रभावकारी साधनका रुपमा लोकप्रिय रहँदै आएको छ । दुई सय वर्ष अघि जर्मनीका एक धनाढ्यले पहिलो पटक साइकल प्रयोग गर्दा यसको यति व्यापक प्रसार हुनेछ भन्ने नसोचेका पनि हुन सक्छन् । तर वितेका दुई शताब्दीमा सरल, सर्वसुलभ, वातावरणमैत्री, प्रदूषणरहित र आवत–जावतको मितव्ययी साधनका रुपमा समेत यो झन्झन् लोकप्रिय हुँदै आएको छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो शुभकामनामा साइकलयात्रीको सुरक्षा र सुविधालाई ध्यान दिंदै काठमाडौं महानगरमा साइकल ट्रयाक निर्माण गर्ने देखि प्रमुख सार्वजनिक यातयातका साधनको रुपमा विजुलीबाट चल्ने मनोरेलको सुरुवात गरिने उल्लेख गरेका छन् ।