५ कार्तिक २०८३, बिहिबार

डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै ल्यायो कर्भ्ड टिभी, टिभी किन्दा विशेष उपहार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ ।नेपालको होमग्रोन ब्राण्ड डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै सहुलियत मूल्यमा आकर्षक उपहारसहित डिआरएन कर्भ्ड टिभी बिक्री योजना ल्याएको छ।

१९ वर्षदेखि गुणस्तरीय इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै कर्भ्ड टिभी ल्याएको हो । कम्पनीका निर्देशक रजनिश श्रेष्ठले विश्वकपलार्इ लक्षित गर्दै कर्भ्ड टिभी ल्याएको बताउँदै कर्भ्ड टिभी किन्ने उपभोक्तालार्इ विशेष उपहार समेत दिने बताए । उनले विश्व बजारमा आएको पछिल्लो प्रविधिलार्इ प्रयोग गर्दै कर्भ्ड टिभी उत्पादन गरेको बताउँदै कर्भ्ड टिभीका धेरै विशेषता रहेको बताए ।

‘कर्भ्ड टिभी विश्वकपलार्इ लक्षित गरेर ल्याएका हौं । यो टिभी अरु एलइडी टिभी भन्दा फरक हुन्छ’ उनले भने, यो शुन्यदेखि १८० डिग्रीमा हेर्न मिल्छ । ४० देखि १२० डिग्रीमा हेर्दा क्लियर भिजन देखिन्छ । टिभीबाट जाने‘रे’ हरु फरकरफरक दिशामा जाने भएकाले आँखालार्इ रिल्याक्सेशन हुन्छ।’

श्रेष्ठले कर्भ्ड टिभीको पिक्चर क्वालिटी समेत राम्रो हुने र टिभी हेर्दा छुट्टै आनन्द आउने दाबी गरे । उनले कर्भ्ड टिभीप्रति उपभोक्ताको चासो बढिरहेको पाएको बताउँदै विश्वकपका समयमा कर्भ्ड टिभी किन्ने बढिरहेको बताए । ‘विश्वकपमा टिभी किन्नेहरु बढेका छन् । त्यसमा पनि आँखालार्इ समेत सहज हुने भएकाले कर्भ्ड टिभी किन्नेको संख्या बढी छ’ श्रेष्ठले भने ।

कम्पनीले ३२ इन्चदेखि ५३ इन्चसम्मको कर्भ्ड टिभी ल्याएको उनले जानकारी दिए । विश्वकपलार्इ लक्षित गरेर कम्पनीले ५५ इन्चको कर्भ टिभी किन्नेलार्इ स्पिकर, ४३ इन्चको कर्भ टिभी किन्नेलार्इ टेलिफोन, ३९ इन्चको कर्भ टिभी किन्नेलार्इ एलइडी वल्व १० पिस र ३२ इन्चको कर्भ टिभी किन्नेलार्इ १० पिस सिएफएल दिने घोषणा गरेको छ।