२१ कार्तिक २०८३, शनिबार

पत्रकारहरुले खबरदारी गर्न आवश्यक छः नगर प्रमुख अधिकारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, २० जेठ । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले पत्रकारिताको माध्यमबाट स्थानीय तहलाई खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

पत्रकारले कलमको माध्यमबाट स्थानीय सरकारले गरेका सकारात्मक र विग्रन सक्ने कामप्रति सजक बनाउन उनले आग्रह गरेका हुन् । जेठ १६ गतेबाट संचालन भएको पाँच दिने आधारभूत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जनतालाई केन्द्रीत गरी स्थानीय सरकार मार्फत भैरहेका विभिन्न कार्यक्रमहरु प्रभावकारी भए नभएको पनि पत्रकारहरुले अवलोकन गर्न समेत अधिकारीले उनुरोध गरे । पत्रकारहरुले पूवाग्रह नराखी आलोचना गर्नुहोस उनले भने, ‘मैले काम गर्दा काँहीकतै विग्रेको भए भन्नुस् म सुधार गर्न तयार छु ।’

उनले पत्रकार र जनप्रतिनिधिको एउटै उद्देश्य विकास र समृद्धि भएकोले जनप्रतिनिधिलाई खबरदारी गरेर पत्रकारहरुले सहयोग गर्नु पर्दछ भने । पत्रकारहरुले उठाउने सवाललाई आफूले प्राथामिकतामा राख्ने समेत उनको भनाई छ । उनले रचनात्मक प्रतिपक्ष नै मिडियाको धर्म रहेको बताए ।

समापन कार्यक्रममा बोल्दै सूचना विभागका अधिकृत सरस्वती महर्जनले पत्रकारहरुको क्षमता विकासका विभिन्न क्रियाकलाप गर्दे आएको जानकारी दिईन् । उनले भनिन, ‘पत्रकार सेवाकालिन तालिम, पत्रकार आवद्धता, घुम्ती शिविर लगायतका क्रियाकलाप सञ्चालन गरिरहेका छौ ।’

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले पत्रकाहरुको सिप क्षमता र दक्षता अभिवृद्धिका लागि सबैसँग सहकार्य गर्ने बताए । महासंघले आगामी दिनमा पनि पत्रकारिता क्षेत्रमा रहेकाहरुलाई क्षमता अभिवृद्धि लगायतका अवसर जुराई दिन आफूले हर प्रयास गर्ने बताए ।