५ कार्तिक २०८३, बिहिबार

एईसीसी ग्लोबलले अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्ट गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० जेठ । विद्यार्थीहरुलाई शैक्षिक लक्ष्य प्राप्तीका लागि सहयोग गर्दै आएको एईसीसी ग्लोबलले सोमबारदेखि देशका तीन शहरमा कार्यक्रम गर्ने भएको छ ।

कम्पनीले आफ्नो नियमित कार्यतालिका अनुसार अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको गर्न लागेको हो । कम्पनीले उच्च मागलाई मध्यनजर गर्दै २०१८ देखि वर्षमा ३ वटा कार्यक्रमको आयोजना गर्ने भएको हो । गएको जनवरीमा आयोजना गरिएको अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए जहाँ उनीहरुले सहभागी ३४ कोर्ष प्रदायकहरुसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेका थिए ।

यो पटक सोमबार, मंगलबार र बुधबार देशका तीन स्थानमा कार्यक्रम हुन लागेको हो । सोमबार काठमाडौँको होटल याक एण्ड यती, मंगलबार चितवनको भरतपुर गार्डेन रिसोर्ट र बुधबार पोखराको होटल पोखरा ग्राण्डीमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम हुनेछ । काठमाडौँमा २८ अष्ट्रेलियन कोर्स प्रदायक तथा चितवन र पोखरामा १५ कोर्स प्रदायकहरु सहभागी हुने आयोजकले बताएको छ ।

संस्थाले शैक्षिक सहभागिताका लागि मात्र नभएर तिनको समग्र लक्ष्य प्राप्ति तथा उज्ज्वल भविष्यलाई ध्यानमा राखि उचित परामर्श प्रदान गर्दै आइरहेको छ ।

‘हामीले विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अष्ट्रेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रवृत्ति तथा भिसा डक्यूमेण्टेसनसँग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर प्रदान गर्ने सोचका साथ यस कार्यत्तक्रमको आयोजना गर्दै आइरहेका छौँ’, एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झा भन्छन्, ‘यसले इच्छुक महानुभावहरुलाई प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने अवसर प्रदान गर्दै सहयोग पु¥याउँदछ । यो +२ उत्तिर्ण विद्यार्थी तथा उनीहरुका अभिभावकको लागि वैदेशिक शिक्षा, विशेषगरी जुलाई, अगष्ट, नभेम्बर र फेब्रुअरीमा अष्ट्रेलियामा भर्नासम्बन्धी जिज्ञासा मेटाउने उचित समय हो जसबाट त्यसको फाइदा बेफाइदासम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ ।’

सन् २००८ मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । प्रधान कार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्दछ ।

संस्थामा ४० भन्दा बढी क्यूईएुसी प्रमाणित शैक्षिक सल्लाहकारहरु आबद्ध रहेका छन् । एईसीसीले विद्यार्थीका लागि शिक्षाको आवश्यकता र तिनको जीवनमा यसको महत्वलाई बझि योग्य तथा उत्कृष्ट विद्यार्थीका लागि कलेजमा सर्वाधिक छात्रवृत्तिका लागि उचित काउन्सिलिङ प्रदान गर्ने प्रयास गर्दछ ।