महेश केसी
रुकुम, १९ पुस । नेकपा एमालेका सचिव भीम आचार्यले माघ ८ मा संविधान जारी हुने दाबी गर्नु भएको छ ।
नेकपा एमाले रुकुमले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन रुकुम आउनु भएका आचार्यले शनिबार सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताउनु भएको हो ।
पत्रकार सम्मेलनमा उहाँले एमाले कुनैपनि हालतमा जातिय संघियतामा जान नसक्ने पनि दाबी गर्नुभयो । निर्धारित मितिमा संविधान जारी गरी देशलाई अन्योलताबाट बाहिर निकाल्नु पर्ने उहाँको भनाई थियो ।
उहाँले शासकीय स्वरुपको सन्र्दभमा भने एमाले हदैसम्मको लचक भई सहमतिका लागि अघि बढ्ने बताउनुभयो । उहाँले एमाओवादी लगायतका केही दलले संविद्यान जारी गर्न नदिने भन्दै दिएको धम्कीको कुनै तुक नभएको बताउनुभयो ।















प्रतिक्रिया