२ कार्तिक २०८३, सोमबार

सानिमा इन्स्योरेन्सको शाखा बुटवलमा पनि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो थप शाखा रुपन्देहीको बुटवलमा सञ्चालनमा आएको छ । आइतबार शाखाको विधिवत् उद्घाटन गरिएको छ । कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई लगायत स्थानीय सरोकारवालाहरुको उपस्थितिमा शाखाको उद्घाटन गरिएको हो ।

सर्वसाधारणमा बीमा चेतना जगाई नेपालीलाई जीवन बीमाको दायरामा ल्याउने र अत्याधुनिक स्तरको प्रविधियुक्त बीमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले शाखा विस्तार गरिरहेको छ । यसअघि शुक्रबार बाँकेको नेपालगञ्ज र शनिबार दाङको तुलसीपुरमा पनि शाखा संचालनमा ल्याइएको छ ।

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैङ्क तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुद्धारा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको प्रवर्द्धन गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । जारी पूँजीको ३० प्रशिशत अर्थात रु ६० करोड निकट भविष्यमा सर्वसाधारणमा शेयर बिक्री गरी चुक्तापुँजी रु.२ अर्ब कायम गर्ने कम्पनीको लक्ष्य छ ।