२१ कार्तिक २०८३, शनिबार

‘निजी स्कुलले अभिभावकको चाहनाअनुसार शिक्षा दिनुपर्छ’

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नबोबुद्ध इण्टरनेशनल मोडेल स्कुल धापासीले नयाँ विद्यार्थीलाई स्वागत गर्दे राज्यका लागि सुहाउदो र उपयोगी र सर्बसुलभ शिक्षा प्रदान गर्ने आफ्नो उद्धेश्य अनुरुप बिद्यालय अगाडि बढेको जनाएको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार लामाले अभिभावकको चाहनाअनुसार विद्यार्थीलाई राम्रो शिक्षा दिइएको दाबी गरे ।

टोखानगरपालिका मेयर प्रकाश अधिकारीले केही बिद्यालयको महँगो शुल्कका कारण निजी विद्यालयलाई हेर्ने दृष्टीकोण नै फरक रहेको बताए ।

उनले शिक्षा र स्वास्थ्य सबैभन्दा नाफामुलक ब्यापार भएको भन्दै अतिरिक्त शुल्क नलिन सुझाव दिए ।

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल ज्ञानबहादुर तामाङ, बरिष्ठ पत्रकार एवम् धापासी बुद्धिजीवी समाजका अध्यक्ष टंक पन्त , नेकपा टोखा नगरपालिकाका अध्यक्ष नारायणभाई श्रेष्ठ, विद्यार्थी आयुश्मा श्रेष्ठ, रेशा चित्रकार, बिनिशा वाग्ले लगायतले शिक्षाको गुस्तरका विषयमा धारणा राखेका थिए ।