४ कार्तिक २०८३, बुधबार

राम्रो डान्स गर्ने प्रोफेसर थाहै नपाई सेलिब्रिटी भए (भिडियो)

12.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत एक रातमा अनेक हंगामा मच्चाउन सक्ने र खुबीले भरिएका मानिसहरूको देश हो । यस्तै घटना हालै भएको छ । आफ्ना सालोको बिहेको अवसरमा नाचेका एक प्रोफेसर रातारात सेलिब्रिटी बनेका छन् ।

भोपालमा पढाउने प्रोफेसर सञ्जिब श्रीवास्तवले गोविन्दाको स्ट्याइलमा चानेको उक्त भिडियो भाइरल भएको छ । गोविन्दाकै गीतमा उनले नाचेको भिडियो कसैले खिचेर युट्युवमा राखिदिएका थिए ।

अहिले भारतीय मिडियाको लाइन उनको घरमा हुने गरेको छ । उनको भिडियो हेरेर मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानले समेत बधाई दिँदै ट्वीट गरेका छन् । भिडियो हेरेका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका छन् ।

प्रोफेसर विदिशामा बस्ने हुन् । उनको डान्सको स्टाइलमा अमेरिकामा बस्ने एक युवतीले पनि भिडियो बनाएकी छन् ।

https://youtu.be/0Gr4yYyfnrk