काठमाडौँ, १९ जेठ । विश्वकप फुटबल नजिकिँदै गर्दा मोबाइल एप ‘रिचार्जर’ले १ रुपैयाँमा विभिन्न देशका जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवर्द्धनका साथै नेपाली फुटबल प्रेमीलाई ९९९ रुपैयाँको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो ।
विश्वकप फुटबल सुरु हुन २ साता मात्र बाँकी हुँदा रिचार्जरले ठुलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको बताएको छ । यो अफर आगामी आइतबार अर्थात जुन ३ तारिखका दिन दिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुन बताइएको छ ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैयाँ क्यास व्याक पाउने छन् । त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक पाउने कम्पनीले जनाएको छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।
‘तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैयाँ मात्र भुक्तान गर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ’ ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । उनका अनुसार यो अफर सिमित अवधिका लागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।
‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमा गरी ४५ हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसँग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जरले लिएको छ । होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।















प्रतिक्रिया