२१ कार्तिक २०८३, शनिबार

जंगली च्याउ खाँदा तीनजना सिकिस्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १९ जेठ । जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् ।

बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान सिफारिस गरी पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । जंगलबाट ल्याएको च्याउ पकाएर खाएका उनीहरु बिरामी परेका हुन् । –रासस