पोखरा, १९ जेठ । प्रदेश नम्बर ४ कै गहनापोखराको फेवाताल संरक्षण र यसको विस्तृतिकरणका लागिकास्कीबाट प्रदेशसभामा निर्वाचित ३ जना सांसदले सक्रियता देखाएका छन् ।
कास्की क्षेत्र नम्बर ३ प्रदेश १का सांसद राजिव पहारीको अग्रसरतामा क्षत्र नम्बर ३ प्रदेश २ का सांसद रामजी बराल र कास्की क्षेत्र नम्बर २प्रदेश २ का सांसद विन्दुकुमार थापाले यस्तो सक्रियता देखाएका हुन् ।
शुक्रबार पोखरामा सबै सरोकारवालाहरुलाई बोलाएर तालको संरक्षणमा गर्न सकिने उपाएका बारेमा उनीहरुले छलफल गराए ।
प्रदेश ४ का मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आर्थिक मामिलातथा योजनामन्त्री किरण गुरुङ र बन वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालको समेत सहभागितामा भएको कार्यक्रममा तालसंग सरोकार राख्ने विभिन्न निकाय र विज्ञहरुले आगामि दिनमा ताल संरक्षणका लागि गर्नुपर्ने विभिन्न उपाएका बारेमा चर्चा गरे ।












प्रतिक्रिया