२१ कार्तिक २०८३, शनिबार

राप्रपा (क्रान्तिकारी) को ‘प्रस्तावित’ अवधारणा पत्र सार्वजनिक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ जेठ । राष्ट्रवादी प्रजातान्त्रिक पार्टी (क्रान्तिकारी)ले ‘प्रस्तावित’ अवधारणा पत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रवादी प्रजातान्त्रिक पार्टी क्रान्तिकारी) ले पत्रकार सम्मेलन गरेर आफ्नो पार्टीको अवधारणा पत्र सार्वजनिक गरेको हो ।

पार्टीका अध्यक्ष त्रिलोक बहादुर चन्दले संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था, वैद्धिक सनातन हिन्दुराष्ट्र कायम राख्ने उद्देश्यले नयाँ पार्टीको स्थापना गरेको बताएका छन् ।

उनले भने, ‘तत्कालिन माओवादी र अन्य सात राजनीतिक दलहरुबीच भएको १२ बुँदे सम्झौता धोका हो, त्यो समयमा भए गरेका उक्त सम्झौताले नेपाललाई पराधिनतामा धकेलेको छ, धार्मिक रुपमा कमजोर बनाउने काम भएको छ ।’

उनले नेपालको स्वतन्त्रता छिन्ने अवस्थामा रहेको, विदेशीहरुको ठाडो हस्तक्षेप बढेको तथा नेपाली नेताहरुले जतिसुकै राष्ट्रवादी कुरा गरेपनि राष्ट्रिय स्वाभिमान र आत्मसम्मान गिरेको दाबी गरे ।

उनले अघि थपे, ‘बिकराल स्थितिमा हामीले पार्टी निमार्ण कार्यको थालनि गरेका छौं, गोली हान्ने, बन्दुक बोक्ने, बम प्रहार गर्नेहरु मात्रै क्रान्तिकारी होईन, वेद र विज्ञानको क्रान्ति गर्छाैँ ।’