५ कार्तिक २०८३, बिहिबार

दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ जेठ । ईन्टरनेट प्रदायक संस्था कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासंघ र ईन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दुरसञ्चार सेवा शुल्क बढाउने सरकारी निर्णयप्रति ध्यानार्कषण जनाएको छ ।

रिपोर्टर्स क्लब नेपालमा (क्यान) महासंघ र आईस्पानले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आव २०७५/०७६ को नीति तथा कार्यक्रममा समावेश गरिएको दुरसञ्चार सेवा शुल्क १३ प्रतिशतले बढाईनु सर्वसाधारणका लागि हितप्रिय नभएको स्पष्ट पारेको छन् ।

संघ र महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले ल्यापटप चलाउन नसक्ने मन्त्रीहरुलाई विदाई गर्ने घोषणा गरिसक्नुभएको छ, तर यस्तै अवस्थामा सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमहरु ईन्टरनेटमैत्री छैनन्, संघीय संसदमा सार्वजनिक गरेको बजेटले ईन्टरनेटमा लगाउन घोषणा गरेको दुरसञ्चार सेवा शुल्क ईन्टरनेटको विस्तारमा बाधा पुर्याउने खालको छ ।’

कम्युटर एसोसिएशन अफ नेपाल महासंघका अध्यक्ष हेमन्त चौरासियाले नीति तथा कार्यक्रम राम्रो भएपनि केही कुराहरुले जनताको पक्षमा काम गर्न नसक्ने जिकिर गरे ।

उनले भने, ‘जनतामा सर्वशुलभ ईन्टरनेट र सञ्चारको माध्यायममा जोड्ने सरकारी नीति तथा कार्यक्रमले अर्काेतिर महंगीले सञ्चारप्रतिको आकर्षण घट्ने सम्भावना उत्तिकै रहन्छ, सरकारले जनताको जन–जीवनमा पर्ने यस्ताखाले करको बारेमा सोच्नुपर्छ, हाम्रो आग्रह तत्काल नीति बनाएर यसका बारेमा उचित कदम लिनुपर्छ ।’

त्यस्तै कार्यक्रममा ईन्टरनेट सेवा प्रदायक संघ आइस्पानका अध्यक्ष दिलिप अग्रवालले सञ्चार शुल्कसम्बन्धि छलफल नगरि शुल्क वृद्धि गरेको गुनासो पोखेका छन् ।

उनले भने, ‘सरकारी नीति तथा कार्यक्रम एकातिर छ, शुल्क बढाउने काम अर्कोतिर छ, जनतालाई सञ्चारको पहुँचमा ल्याएर विश्व दुनियासँग प्रतिष्पर्धामा उत्रिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने हो, तर सरकारले यस्तो क्षेत्रमा कर बढाएर के गर्न खोज्दैछ, यो सञ्चार शुल्क बढाउँदा सेवा प्रदायक कम्पनीलाई कुनै असर पर्दैन, तर जनतालाई महँगीले असर गर्छ, हामीलाई कुनै असर हुँदैन, तर जनताको पक्षमा काम गर्ने सेवा प्रदायक कम्पनी भएको नाताले हामीले यो पत्रकार सम्मेलन गर्नुपरेको हो ।’