२१ कार्तिक २०८३, शनिबार

सशस्त्रको विशिष्ट व्यक्ति सुरक्षा तालिम समापन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ जेठ । सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा संचालित सि.सं. ४२ विशिष्ट व्यक्ति सुरक्षा तालिमको शुक्रबार समापन गरेका छन् ।

गणमा आयोजित तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले त्यसअवसरमा संगठनले समय सापेक्ष विभिन्न व्यवसायिक तालिमहरु संचालन गर्दै आईरहेको चर्चा गर्दै यस्ता तालिम प्राप्त जनशक्तिले कार्यक्षेत्रमा आउन सक्ने चुनौतीहरुलाई सामना गरी व्यवसायिक कार्यकुशलता प्रदर्शन गर्न सक्षम रहने विश्वास व्यक्त गरे ।

उनले यस्ता तालिमले व्यवसायिक कार्यसम्पादनमा सहजता ल्याउने चर्चा गर्दै सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा खटिएपछि तालिममा सिकेका ज्ञान, सीप तथा कला कौशललाई उपयोग गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउँदै डिआइजी श्रेष्ठले कार्यक्षेत्रमा खटिदा सधैं आफ्नो कर्तव्यलाई मनन् गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक सुमन चालिसेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरे । आठ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक कालिप्रसाद चौधरी उतकृष्ट भएका छन् भने शारीरिक सहिष्णुतातर्फ सशस्त्र प्रहरी जवान बलराम खतिवडा उत्कृष्ट ठहरिएका छन् ।