२१ कार्तिक २०८३, शनिबार

प्रविधिमैत्री बन्दै त्रिवि: कीर्तिपुरमा फाइवर जडान हुँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ जेठ । त्रिभुवन विश्वविद्यालय सूचना तथा प्रविधि केन्द्रले विश्वविद्यालयलाई फ्रि वाइफाई जोन एवं प्रविधिमैत्री बनाउने उद्देश्यकासाथ नेपाल टेलिकमसँगको सहकार्यमा पहिलो चरणमा कीर्तिपुर परिसरमा फाइवर जडान एवं प्रविधि जडानको काम गरिरहेको छ ।

पछिल्लो समयमा भइरहेको गतिविधि बारे जानकारी गराउने उद्देश्यले आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)मा भएको एक कार्यक्रममा सूचना तथा प्रविधि केन्द्रले कीर्तिपुर परिसरमा फाइवर जडानका काम अन्तिम चरणमा पुगेको, सबै निकायहरुको प्राविधिक नसाङ्कन तयार भएको जानकारी गराएको छ ।

पहिलो चरणमा कीर्तिपुरमा अवस्थित केन्द्रीय विभागहरु, केन्द्रीय पुस्तकालय लगायतका निकायहरुमा फाइवर जडान कार्य भइरहेको छ । कार्यक्रमा त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नेपाल टेलिकमसँगको सहकार्यमा उपत्यका लगायत देशभरिका सम्पूर्ण आंगिक क्याम्पसहरुलाई प्रविधिमा जोड्ने योजना रहेको बताए । उनले त्रिविलाई प्रविधिमैत्री बनाउने र विद्यार्थीलाई प्रविधिको माध्यमबाट सिकाइ प्रक्रियामा संलग्न गराउन प्रविधिमैत्री कक्षा निर्माण गरिने जानकारी पनि गराए । त्रिविले यस प्रयोजनका लागि ९ करोड रुपैयाँ छुट्याइसकेको छ ।

कार्यक्रममा सूचना तथा प्रविधि केन्द्रलाई प्राविधिक सहयोग गर्दै आइरहेको योमरी कम्पनीले पछिल्ला गतिविधि एवं योजना समेत समेटिएको कार्यपत्र प्रस्तुत गरेको थियो । ६ महिना सम्म प्रविधि जडानका सम्पूर्ण कामहरु सक्नेगरी कम्पनीले काम गरिरकेको सूचना तथा प्रविधि केन्द्रका प्रमुख दिपक बहादुर शाहीले बताए ।

उनले केन्द्रीय क्याम्पसमा २४सै घण्टा सञ्चालन हुनेगरी सर्भर बनाउने, डाटावेस निर्माण गर्ने, सम्पूर्ण निकायमा इन्टरनेटको सुविधा उपलब्ध गराउने योजना रहेको जानकारी गराए ।