२१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति क्षत्रीद्वारा बेलिबृजको उद्घाटन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ्ग जिल्ला, कुस्मीसेरा नगरपालिकास्थित लौवा खोलामा नवनिर्मित बेलिबृजको उद्घाटन गरेका छन् ।

मिर्मि—कोटाकोट—रुद्रवेणी सडकखण्ड अन्तर्गत स्याङजा जिल्ला, कालीगण्डकी गाउँपालिकास्थित लौझा भीरमा नेपाली सेनाले निर्माण गरेको बाटोपनि उद्घाटन गरेका छन् । साथै, करिब ६०० मिटर लम्बाई र ९०० मिटर उचाईको पहिरोका कारण विगत पाँच वर्षदेखि अवरुद्ध भएको बाटो करिब ६ महिनाको प्रयासपछि सेनाले बाटो निर्माण गरेको हो । यो सडक खण्डले स्याङजा जिल्लाको मिर्मि—कोटाकोट—रुद्रवेणीहुँदै गुल्मी जिल्लाको तम्घासलाई जोडेको छ ।

प्रधानसेनापति क्षत्रीले शुक्रबार नै पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर, बाग्लुङस्थित अर्जुनवाण गण र सैनिक आवसीय महाविद्यालय फुलबारी, पोखराको निरीक्षण गरेका छन् । शनिबार पश्चिम पृतना हेडक्वार्टर अन्तर्गतका युनिटहरुको निरीक्षण गरि प्रधानसेनापति क्षत्री काठमाडौँ फर्कने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।