४ कार्तिक २०८३, बुधबार

बेंंसीशहरमा गुरुङ फिल्म ‘मैंरिमो’ प्रदर्शन हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बेलिना थापा

लमजुङ । बेंसीशहरमा गुरुङ फिल्म ‘मैंरिमो’ (सम्झिरहेछु÷मिस यु) प्रदर्शन हुने भएको छ । उक्त फिल्म बेंसीशहरस्थित अन्नपूर्ण चलचित्र मन्दिरमा जेठ २६ गते शनिबार प्रदर्शन हुने शुत्रबार पत्रकार भेटघाटमार्फत जानकारी गराइएको हो ।

शनिबार बिहान ११ बजे र दिउँसाे २ बजे गरी २ शो प्रदर्शन हुने फिल्मका सह–निर्देशक एवं कलाकार गमन घलेले बताए । ‘गुरुङ फिल्मको इतिहासमा पहिलोपटक एकसाता लगातार आफ्नो प्रदर्शन गर्न सफल गुरुङ फिल्म हो । यसअघि पोखरा, चितवन, काठमाडौं, मनाङ साथै अमेरिकामा ४ शो र बेलायतमा ३ शो प्रदर्शन भइसकेको छ’ उनले भने ।

उनका अनुसार फिल्म मैंरिमो जेठ पहिलो साता दमौलीमा आयोजित दोस्रो गुरुङ फिल्म महोत्सवमा विशेष प्रदर्शन गरिएको थियो । गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन गरिएको प्रयासलाई फिल्मले मुख्य विषय बनाएको घलेले बताए । ‘युवा वैदेशिक रोजगारीमा जाँदा र गाउँका महिला, बालबालिकाको शिक्षादीक्षाको लागि सहर पस्दा ग्रामीण बस्ती पातलिदै‌‌ गएको र यसले गर्दा गाउँकाे समुदायिक विद्यालयमा विद्यार्थी घटेका घटनालाई फिल्मीक्षेत्रबाट उठाउने प्रयास गरेका छौं’ उनले भने ।

मुनाल फिल्मस्को ब्यानरमा निर्मित ‘मैंरिमो’ ७० प्रतिशत गुरुङ भाषामा छ । लमजुङको क्व्होलासोंथर गाउ“पालिका २, मालिङको सैलुङ गाउ“मा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन गरिएको उक्त फिल्म भोजबहादुर गुरुङको निर्देशनमा निर्माण भएको हो । फिल्ममा कलाकारहरुमा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, इन्द्रसुबा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङ, रोशन गुरुङ लगायत छन् ।

फिल्मको कार्यकारी निर्मातामा बालकाशी गुरुङ रहेका छन् । केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद रहेको फिल्मको छायांकन तथा सम्पादन खिमबहादुर गुरुङेल गरेका छन् । तेजेन्द्र गुरुङको संगीतमा मनोज गुरुङ, गोविन गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ र सरुन गुरुङले स्वर दिएका छन् । आश गुरुङ, अमिर गुरुङ र प्रेम गुरुङको गीत रहेको छ ।

फिल्मका निर्मातामा प्रेम गुरुङ र सपना गुरुङ रहेका छन् । फिल्ममा समावेश पत्रकार आश गुरुङद्धारा लिखित ‘ए ङोल्स्यो…ए ङोल्स्यो…’ बोलको गीत गुरुङ समुदायमा मात्रै नभइकन अन्य समुदायमा पनि निकै लोकप्रिय छ । लमजुङपछि हङकङमा जुन १७ तारिखका दिन फिल्म प्रदर्शन गर्ने तयारी गरिएको छ ।