
काठमाडौँ, १८ जेठ । सानिमा बैंक लिमिटेडले उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी ४ वटा शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।
उक्त शाखाहरुको उद्घाटन बैंकका पूर्व संचालक डा. सुवर्ण दास श्रेष्ठ तथा ब्याण्ड प्रवर्द्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र उद्घाटन समारोहमा बैंकका पूर्व संचालक श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यी शाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा मह जोडीले बैंक संचालनमा आएकोमा सम्पूर्ण सेवाग्राहीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
उद्घाटन समारोहमा स्थानीय नगरपालिका प्रमुख तथा उद्योग वाणिज्य संघका प्रमुखहरुले सानिमा बैंकको सफलताको शुभकामना व्यक्त गरेका छन् । सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटीएम रहेको छ ।















प्रतिक्रिया