
पाल्पा, १८ जेठ । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ ।
लु १ ख ९७५ नम्बरको उक्त बस शुक्रबार बिहान रम्भा गाउँपालिका वडा नं. ४ हुमिनमा सडकको डिलबाट तल झरेर दुर्घटनामा परेको पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिए । दुर्घटनामा स्थलमा रहेका प्रमुख जिल्ला अधिकारी ढकालले ८ जनाको मृत्यु भएको पुष्टि गरे । तर, मृतकको सनाखत भने भएको छैन ।
घाईतेहरुको उद्धार गरी उपचारको लागि अस्पतालमा पठाउने क्रम जारी रहेको छ । केही घाईतेहरुको अवस्था अत्यन्त चिन्ताजनक रहेकोले प्रहरीले जनाएको छ ।
लक्ष्मी बचत सहकारीका समितिका प्रतिनिधिहरु रामपुरका सहकारीको अवलोकन भ्रमणमा लागि उक्त बसमा आउँदै थिए । बस रिजर्भ गरिएको थियो । बसमा सवार १२ जना घाईतेको उद्धार गरी अस्पताल पठाईएको छ ।















प्रतिक्रिया