४ कार्तिक २०८३, बुधबार

‘पण्डित बाजेको लौरी’को ‘चोली तुना…’ले कमाल गर्‍यो, दुई दिनमै जित्यो मन (भिडियो)

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दीपक ओलीद्वारा निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’को पहिलो गीत रिलिज गरिएको छ । यसअघि फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ ।

‘चोली तुना…’ बोलको गीत रिलिज गरिएको निर्देशक ओलीले बताए । लोकलयमा आधारित यो गीतलाई दर्शक श्रोताले मन पराइदिनेमा निर्देशक ओली ढुक्क छन् । ‘फिल्मको टिमले गीत दमदार बनाएको छ’, उनले भने, ‘गीतलाई धेरैले मन पराइदिनु पनि भएको छ ।’

गीतमा श्रीकृष्णबम मल्ल र मीना निरौलाको स्वर रहेको छ । संगीत श्रीकृष्णबम मल्लकै हो । शब्द कृष्ण केसी तथा नृत्य निर्देशन विक्रम स्वाँरको रहेको छ । गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन् । छायाँकन विदुर पाण्डेको रहरेको छ ।

रिलिजको डेट कुरेर बसेको ‘पण्डित बाजेको लौरी’को कथा, पटकथा र सम्वाद महेश दवाडीको हो । फिल्ममा थम्नकुमार भण्डारी र किशोर खड्काको लगानी छ ।

फिल्ममा भोलाराज सापकोटा, प्रवीन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिस्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र वीक, विशाल पहारी, कुलदीप अधिकारीको मुख्य भूमिकामा छ ।