१ कार्तिक २०८३, आइतबार

माघ ८ भित्रै संविधान जारी हुनुपर्छः अर्याल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

10309215_694836933907313_5306714324897669632_nडोटी, १९ पुस । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टीका लागि समयमै संविधान जारी हुनु पर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा डोटीको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो ।

त्यसका लागि माघ ८ भित्रै संविधान जारी गर्न प्रेस चौतारी नेपालले विभिन्न दवाव मुलक कार्यक्रमहरु संचालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सम्मेलननबाट प्रेस चौतारी नेपाल जिल्ला शाखा डोटीको अध्यक्षमा झलक पाली निर्वाचित हुनु भएको छ ।

सदरमुकाम सिलगढीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले पालीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिती समेत चयन गरेको छ । उपाध्यक्ष नवराज जोशी, सचिव दिर्घ खत्री, सहसचिव मुकेश देवल, कोषाध्यक्षमा गणेश जोशी लगायतका रहनु भएको छ ।