२१ कार्तिक २०८३, शनिबार

छाप्रा जल्दा सात लाखभन्दा बढीको क्षति

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

दमक, १७ जेठ । झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । बिहीबार बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान २ः३० बजेतिर भएको आगलागीमा परेर सेक्टर ए वानका धनबहादुर माझीको रु दुई लाख ५० हजार, सुरज राईको रु दुई लाख ५० हजार र सुकमान राईको रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको दमक इलाका प्रहरी कार्यालयले जनएको छ । दमक नगरपालिकाको बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएकोे थियो । आगलागीको कारण खुल्न सकेको छैन । –रासस