५ कार्तिक २०८३, बिहिबार

लक्ष्मी बैंकको १०२ औँ एटीएम पश्चिम पृतना हेडक्वार्टर बिजयपुरमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ जेठ । लक्ष्मी बैंकले आफ्नो एटीएम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्र्वाटर बिजयपुर व्यारेकमा बिहीबारदेखि सेवा संचालनमा ल्याएकोे छ ।

एटीएमको सेवा व्यारेकका सैनिकहरुका लागि मात्र नभई, सर्वसाधारणहरुका लागि पनि उपलब्ध हुनेछ । एटीएमको उद्घाटन पृतनापति देवेन्द्र बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिषराज कुँवरले संयुक्त रुपमा गरे ।

यस थप एटीएमको साथ, लक्ष्मी बैंकको एटीएम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखाहरु पुगेका छन् । आगामी दिनहरुमा पनि बैंकले अझ धेरै शाखा र एटीएम सेवाहरु देशभरी विस्तार गर्ने लक्ष्य लिएको छ ।