२ कार्तिक २०८३, सोमबार

विद्यार्थीलाई झोला र स्टेशनरी, विद्यालयलाई पानी तान्ने पप्प

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ जेठ । जनता बैंक नेपाल लिमिटेडले नवलपरासी जिल्लाको ग्रामिण क्षेत्र सरावल गाउँपालिका १, खोखरपुरास्थित आदर्श माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका ११४ जना विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामाग्री वितरण गरेको छ ।

विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयका विद्यार्थीहरुलाई शिक्षा आर्जनमा हौसला प्राप्त होस भन्ने उद्देश्यले शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । रुपन्देहीस्थित बैंकको देविनगर शाखाको इन्चार्ज मार्टिना चौधरीको नेतृत्वमा गएको कर्मचारीहरुले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

यसैगरी दमकडा मावि प्रभास पाल्पामा खानेपानीको प्रबन्ध गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट २४ हजार रुपैयाँ प्रदान गरिएको छ । फरक क्षमता भएका (दृष्टीविहीन) सहित ७१५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा समर्सियल पम्प जडान गरी खानेपानीको प्रबन्ध गरिने बताइएको छ ।

रकम बैंकको प्रभास शाखाका प्रबन्धक अजयकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई हस्तान्तरण गरे । उक्त चेक हस्तान्तरण समारोहमा प्रधानाध्यापक सापकोटाले बिद्यालयको खानेपानी अभावको समस्या हल गर्ने पवित्र उद्देश्यले गरिएको बैंकको सहयोगप्रति आभार प्रकट गरे ।