वीरगन्ज (पर्सा), १९ पुस । पर्साको ठोरी गाविसमा जङ्गली हात्तीले फेरि उपद्रो मच्चाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट साँझमा मानवबस्तीमा छिरेको जङ्गली हात्तीले ठोरी गाविस वडा नं ३ सरस्वतीनगरका जीतबहादुर विकको घर र भान्साघर भत्काइदिएको छ ।
त्यस्तै, जङ्गली हात्तीले सरस्वतीनगरकै मोहन तामाङको घरमा पनि क्षति पु¥याएको छ । हात्तीले तामाङको घरमा भण्डारण गरी राखेको करिब एक मुरी मकै पनि खाएर नष्ट पारिदिएको स्थानीयवासीले बताएका छन् ।
साँझ गाउँमा पसेको हात्तीले घर भत्काउन थालेपछि तामाङ र विकको परिवारले बारको चेपमा लुकेर ज्यान जोगाएका थिए ।
यस्तै, गएराति नै जङ्गली हात्तीले ठोरी गाविस वडा नं १ रोजीनगरमा पनि रत्नबहादुर क्षेत्रीको घर भत्काउनुका साथै धन्सारमा राखिएको आठ मुरी धान छरेर नष्ट पारेको स्थानीय सञ्चारकर्मी प्रेम लामाले जानकारी दिनुभयो ।















प्रतिक्रिया