१ कार्तिक २०८३, आइतबार

इलामको उत्तरी क्षेत्रमा हिमपात

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १९ पुस । इलामको उत्तरी क्षेत्रमा गएराति वर्षासँगै हिमपात भएको छ । गएरातिदेखि सन्दकपुर, जौबारी, मेघमा, कालपोखरीमा बाक्लो हिउँ परेको हो ।

विगतमा भन्दा यसपटक जिल्लाका धेरै भागमा हिमपात भएको छ । जिल्लाका अन्य धेरै भागमा तुसारो परेको छ ।

हिमपात सुरु भएपछि चिसो बढेको जमुनाका मनोज भट्टराईले जानकारी दिनुभयो ।  चिसोसँगै त्यस क्षेत्रको जनजीवनसमेत कष्टकर बनेको छ ।

उत्तरी क्षेत्रका अधिकांश प्राथमिक विद्यालय प्रभावित भएका छन् । चिसो बढेसँगै यस क्षेत्रका बासिन्दा आगो तापेर दिन कटाउन थालेका छन् ।

हल्का वर्षाका कारण गहुँ, आलुलगायतका बाली सप्रिने भएकाले किसान हर्षित छन् । हिमपातपछि उत्तरी क्षेत्रमा राखिएका चौँरी गोठ न्यानो खोज्दै बेंसीतर्फ झर्न थालेका छन् ।