४ कार्तिक २०८३, बुधबार

एयरहोस्टेज ‘गमनकारी’ एउटा क(रोडपति) !

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एउटा यस्तो स्त्रीलम्पट ! जो स्त्रीका लागि जीवनमा कमाएका सबै चिज गुमाउन तयार हुन्छ । मदिरामा मस्त हुन्छ । र, आफ्नो जीवनका सबै रसरङ बाँचिसकेको छ । त्यो नाम हो– विजय माल्या ।

किङफिसर वायु सेवाको मालिक । यस ब्रान्डका सबै उत्पादनको एउटा मालिक जसलाई एयरहोस्टेज ‘गमनकारी’ उपनाम पनि दिईन्छ । जीवनका हर आनन्दसँग जोडिएका विजय माल्याको कतुर्तको कथामा बलिउडमा फिल्म बन्ने भएको छ, जसको भूमिकामा देखिँदैछन् अभिनेता गोविन्दा अहुजा ।

भारतमा ठूलो घोटाला र भ्रष्टाचारको अभियोग खेपीसकेका छन्, विजय माल्याले । उनको यहि कर्तुतलाई पर्दामार्फत उतार्दैछन् निर्देशक पहलाज निलहानी । यसमा विजयका जीवनमा सौखहरू समेटिएकाले पनि फिल्मको नाम ‘रंगीला राजा’ राखिएको छ ।

आर्थिक अपराधका लागि माल्यालाई भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले छानबिन गरेको थियो । तर उनको जीवन निक्कै रोचक छ । विमान मालिक भएका कारणले नै उनले पहिली श्रीमति पनि एयर होस्टेज विहे गरेका थिए । दोस्री छाडेपछि अहिले तेस्री बनाउन लागेका पिंकी लालवानी पनि एयर होस्टेज छिन् । उनैको विमान कम्पनीमा काम गर्ने गर्लफ्रेन्ड पिंकी उनीभन्दा ३० वर्ष कान्छी रहेको बताइन्छ ।

विजय माल्या वित्तल माल्याका छोरा हुन् । उनले १९८६ मा समिरा ताब्जीसँग विहे गरे । उनी पहिलो श्रीमति थिइन् । उनीहरूको सम्बन्ध लामो समय टिकेन । त्यसको ७ वर्षमा विजयले रेखासँग विहे गरे ।

फरक जीवन, अति खर्चालु प्रवित्तिमा माल्या हुर्किए । उनले जीवनमा धेरै एयरहोस्टेजसँग शारीरीक सम्बन्ध राखेको पनि चर्चा हुने गरेको छ । माल्या भारतको राजनीतिमा सदनको सदस्य पनि बनेका थिए । कहिलेकाहीँ उनकै भ्रष्टाचार प्रकरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम पनि मुछिने गरेको छ ।