२ कार्तिक २०८३, सोमबार

एनएमबि बैंकले पायो अर्को गौरवपूर्ण सम्मान

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ जेठ । आठौँ आइएफसी ट्रेड अवार्डमा एनएमबि बैंकले वेष्ट “Best Issuing Bank Partner in Fragile Countries – 2017- South Asia” अवार्ड पाएको छ ।

नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो । Global Trade Finance Program 2017  मा बैंकले गरेको सहकार्यका लागि Regional Financial Institutions Group, IFC का Head – Asia & Pacific, Mr. Vittorio Di Bello ले एनएमबि बैंकका सिइओ सुनिल केसीलाई अवार्ड प्रदान गरेका छन् ।

आइएफसी ट्रेड अवार्डको प्राप्तिले एनएमबि बैंकको अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठूलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ ।

एनएमबि बैकले ‘समृद्घ नेपालका लागि’ भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला व्यवसाय तथा कृषि क्षेत्रमा विभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाव हुने गरि काम गरिरहेको जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आइएफसी ट्रेड अवार्डको प्राप्ती सँगै यस बर्ष एनएमबि बैकले हाल सम्म ३ चर्चित अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । जसमा The Bank of the Year 2017 – The Financial Times, London र  Certificate of Merit – Frost and Sullivan समेत रहेको छ ।