कञ्चनपुर, १९ पुस । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले दलहरुबीच सहमति हुन नसके प्रक्रियामै गएर भए पनि संविधान जारी गरिने बताउनुभएको छ ।
एमाले कञ्चनपुरले आयोजना गरेको ‘समयमै नयाँ संविधान जारी’ विषयको अन्र्तरक्रियामा उहाँले भन्नुभयो, ‘संविधान जारी गर्ने समय धेरै घड्किसके पनि दलहरुले असहमतिका बुँदामा गम्भीर छलफल गरेर सहमतिमै माघ ८ गते संविधान जारी गर्न सक्छन् ।’
एमालेले बहुजातीय पहिचान र सामथ्र्यका आधारमा सङ्घीयताको स्पष्ट खाका कोरेको बताउँदै उहाँले प्रदेशको संख्यामा लचकता देखाउन एमाले तयार छ भन्नुभयो ।















प्रतिक्रिया