
काठमाडौं, १९ पुस । उपत्यकाभित्र प्रत्येक महिना ३१, ५०० क्वीन्टल मासु खपत हुने गरेको छ। प्रत्येक महिना २१ हजार राँगाको बध हुन्छ।
अर्थात् एक दिनमा राजधानीमा मात्रै एक लाख पाँच हजार केजी रागाँको मासु खपत हुन्छ, त्यसका लागि प्र्रत्येक दिन सात सय राँगा काटिने गरेको छ।
नेपाल खड्की सेवा समितिका अनुसार एउटा राँगाको सरदर तौल एक सय ५० केजी हुन्छ।
यही दरले एक महिनामा उपत्यकाभित्र ३१ लख १५ हजार केजी राँगाको मासु उत्पादन हुने गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
रागाँका लागि उत्पयकामा ९९ बधशाला छन्। सेकुवामा रागाँको मासु दैनिक सबैभन्दा धेरै पाँच सय ६० क्वीन्टल प्रयोग हुन्छ, भने मःमको लागि दैनिक २१ हजार किलो रागाँको मासु खपत हुन्छ।















प्रतिक्रिया