३० आश्विन २०८३, शुक्रबार

बेल्जियम गोली चल्दा दुई प्रहरीसहित चारको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम, १६ जेठ । बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी, एक बटुवा, र आक्रमणकारीसहित चार जनाको मृत्यु भएको छ ।

अज्ञात व्यक्ति छुरा देखाई प्रहरीको हतियार खोसी गोली चलाएको थियो । जसबाट दुई प्रहरीको मृत्यु भएको थियो भने नजिकै आफ्नो गाडीमा रहेका एकजना सर्वसाधारणको पनि आक्रमणबाट निधन भएको प्रहरीले जनाएको छ । आक्रमणमा एक प्रहरी घाइते भएको बताइएको छ ।

प्रहरीबाट प्रतिकारमा गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको यहाँका सुरक्षा अधिकारीले बताएका छन् ।

स्थानीय समय अनुसार विहान १०ः३० बजे शहरको मध्य भागमा रहेको एक माध्यमिक विद्यालय नजिकै गरिएको आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

आक्रमणकारीले के उद्देश्यले आक्रमण गरेको हो हामीले अहिलेसम्म केही पनि थाहा पाइसकेका छैनौँ, यसबारे अनुसन्धानपछि मात्र जानकारी गराउन सकिनेछ, लिजका दण्डाधिकारीको कार्यालयका प्रवक्ता क्याथरिन कलिगननले बताए । एएफपी